नियम १६
चलचित्र जाँच समितिको गठन

(१) स्वदेशी तथा विदेशी चलचित्र जाँच गर्नको लागि केन्द्रीयस्तरमा देहाय बमोजिमको एक केन्द्रीय चलचित्र जाँच समिति रहनेछ :–

(क) मन्त्रालयले तोकेको सो मन्त्रालयको सहसचिव – अध्यक्ष

(ख) प्रतिनिधि, गृह मन्त्रालय – सदस्य

(ग) प्रतिनिधि,संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय – सदस्य

(घ) चलचित्र सम्बन्धी विषयमा विशेष ज्ञान भएका व्यक्तिहरु मध्येबाट कम्तीमा एकजना महिला

सहित मन्त्रालयले तोकेको तीनजना – सदस्य

(ङ) बोर्डको सदस्य वा अधिकृत कर्मचारी मध्येबाट बोर्डको सिफारिसमा मन्त्रालयले तोकेको एकजना – सदस्य

(च) मन्त्रालयले तोकेको सो मन्त्रालयको उपसचिव – सदस्य–सचिव

(२) काठमाडौं उपत्यका बाहिर चलचित्र घर निर्माण भएका प्रत्येक जिल्लामा चलचित्र जाँच गर्नको लागि देहाय बमोजिमको स्थानीय चलचित्र जाँच समिति रहनेछ :

(क) प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको जिल्ला प्रशासन कार्यालयको अधिकृत – अध्यक्ष

(ख) सञ्चार केन्द्र भएको जिल्लामा सो केन्द्रको प्रमुख र सञ्चार केन्द्र नभएको जिल्लामा जिल्ला हुलाक कार्यालयको प्रमुख – सदस्य

(ग) चलचित्र सम्बन्धित विषयमा विशेष ज्ञान भएका व्यक्तिहरूमध्येबाट मन्त्रालयले तोकेको एक जना महिलासहित दुई जना – सदस्य

(२क) उपनियम (१) र (२) बमोजिम तोकिएका सदस्यहरूको पदावधि बढीमा दुई वर्षको हुनेछ ।

(२ख) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विज्ञापन चलचित्रको जाँच चलचित्र जाँच समितिको अध्यक्ष वा निजले तोकेको व्यक्तिले गर्नेछ ।

(३) चलचित्र जाँच समितिले चलचित्रको जाँच गर्दा सम्बन्धित भाषा विज्ञको सहयोग लिन सक्नेछ ।

(४) उपनियम (१) र (२) बमोजिम गठित केन्द्रीय चलचित्र जाँच समिति र स्थानीय चलचित्र जाँच समितिको बैठकसम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरेबमोजिम हुने